सञ्जय कार्की, रौतहट ।मधेस प्रदेशको राजनीतिक समीकरणमा ठूलो धक्का दिँदै रौतहट निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ। बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाका उम्मेदवार गणेश पौडेल भारी मतान्तरले विजयी भएका हुन्। पौडेलले नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार एवं पूर्व सांसद देव प्रसाद तिमल्सिनालाई २१ हजार ११ मतको फराकिलो…