काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने बताउनुभयो । उहाँले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।…