Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित


286
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याएका छन्।

यसैगरी नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २ सय ९७ मत पाएका छन् भने राप्रपाका सबिनकुमार खड्काले २ हजार ३७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत ल्याएका छन् भने उज्यालो नेपाल पार्टीका विजय पन्तले १ हजार ३२० मत पाएका छन्।