झापा, कात्तिक २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु उपयुक्त नहुने बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली भूमिको चारैतिरका सीमाका ठोस प्रमाणहरु जुटाएर द्विपक्षीय वार्ताबाटै समाधान खोज्नुपर्ने बताए । नेता पौडेलले वार्ताबाट समाधान ननिस्किएमात्र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकिने धारणा राखे…