नेपालगन्ज, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले शुक्रबार गरेको बाँके बन्दको प्रभाव सदरमुकाम नेपालगन्जसहित जिल्लाका विभिन्न स्थानमा परेको छ । तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहलगायतलाई प्रहरीले पक्राउ परेको विरोधमा बन्द गरिएको हो । बाँके प्रहरीविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको तरुण दलले गरेको बन्दबाट नेपालगन्ज, कोहलपुर, खजुरालगायतका प्रमुख बजारहरु दिनभर प्रभावित बनेका…