काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो नभएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल प्राध्यापक संघको कार्यकाल हस्तान्तरण कार्यक्रममा उनले राजनीतिक आस्थाका आधारमा नभई अब प्राध्यापकहरुको परिचय दक्षताको आधारमा हुने बताएका हुन् । मन्त्री पोखरेलले नेपाललाई शैक्षिक हबको रुपमा विकास गराउने गरी शिक्षा नीति बनेको भन्दै खोज र अनुसन्धानमूलक शिक्षामा जोड…