रोमन आचार्य र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ २० । केही विश्लेषकहरुले सत्तारुढ दल नेकपाले ‘एमसीसी’ परियोजना अस्वीकार गर्ने उपाय खोज्दै त्यसैका लागि कार्यदल गठन गरेको शंका व्यक्त गरेका छन् । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’बारे नेकपाको केन्द्रीय कमिटी बैठकले ठोस निर्णय लिन्छ भन्ने अपेक्षाविपरीत बैठक अनिर्णीत रह्यो । आन्तरिक द्वन्द्वका कारण नेकपा निर्णयमा नपुगेको स्पस्टै…