रोमन आचार्य र विनोद बजगाइँ (इमेज) काठमाडौं, फागुन १ । समाजवादी पार्टी सत्ताबाट बाहिरिएपछि वर्तमान सरकारसँग नजिकिएको राष्ट्रिय जनता पार्टी सरकारमा जाने चर्चा भइरहेको छ । संघीय संसदको उपसभामुख पाए तत्काल सरकारमा जाने कित्तामा बहुसंख्यक नेता रहेका छन् । यद्यपि, संविधान संशोधनलगायतका मुद्दाको सम्बोधन नभएसम्म सरकारमा जानु हुँदैन भन्न पनि राजपा नेतृत्वले छाडेको छैन ।…