Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


कांग्रेस कर्णाली प्रदेश सभापतिमा भुपेन्द्रजंङ शाहीले उम्मेदवारी दिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा प्रदेश स्तरमा पनि नेतृत्वका लागि आकाक्षीहरु देखिन थालेका छन् ।

संघीय संरचना अनुसार कांग्रेसको परिवर्तित बिधान अनुसार प्रदेश अधिवेशनमा प्रदेश कार्य समितिसहित सात वटा प्रदेश सभापति पनि चयन गर्ने ब्यबस्था छ।

यसै अन्तर्गत कांग्रेसको कर्णाली प्रदेश सभापतिमा युवा नेता भुपेन्द्रजंङ शाहीले उम्मेदवारी दिने भएका छन् ।

नेबिसघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री ,२०७० सालमा संविधान सभा सद्स्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भैसकेका शाहीले प्रदेश सभापतिका लागि तयारी थालेको जानकारी दिएका छन् ।

राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिनसंघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन नेतृत्वको दौडमा उत्रिएका हुन ।

कांग्रेसको आगामी महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाचो रहेको उनको बुझाइ छ । पार्टीभित्रको गुटबन्दी, नाताबाद, भागबन्डा, ब्यक्तिगत स्वार्थ, पदीय स्वार्थ र चाकडीबादको राजनीति अन्त्यका लागि आफ्नो उम्मेदवारी रहने शाहीको भनाइ छ ।

शाहीले अहिलेको युग सुचना र प्रबिधिको युग भएकाले नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नुपर्ने बताएका छन् ।

शाही कांग्रेसको कर्णाली प्रदेस सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्रीमा पनि उम्मेदवारी दिने बताएका छन् ।

Skip This