रोमन आचार्य र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन १३ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु आगामी आमनिर्वाचनमा पनि आफ्नो दलले दुईतिहाइ मत ल्याउने दाबी गरिरहेका छन् । यो भनाइविपरीत उपाध्यक्ष वामदेव गौतमलाई तीन वर्षपछि हुने आमनिर्वाचनबाट जिताएर प्रधानमन्त्रीको कुर्सीमा पुर्याउनेतिर नलागेर सिंगो पार्टी बदनाम गराउने गरी चोर बाटोबाट प्रधानमन्त्री बनाउने कसरत पनि भइरहेको…