त्रिवि उपकुलपतिसहितका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक • Image Khabar Image Khabar


त्रिवि उपकुलपतिसहितका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक


इमेजखबर
२ आश्विन २०७७, शुक्रबार १५:२३

त्रिवि उपकुलपतिसहितका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं, असोज २ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालगायत पदाधिकारीको कार्यालय प्रवेशमा अवरोध गरेको छ ।

शुक्रबार उपकुलपति कार्यालयअगाडि सडकमा टायर बालेर नेविसंघ त्रिवि समितिले प्रदर्शन गरेको छ ।

त्रिविले छ महिना हुँदा पनि परीक्षा र पठनपाठनको उचित व्यवस्थापन गर्न नसकेको, त्रिविलाई नेकपानिकटको भर्ती केन्द्र बनाइएको र नेविसंघ त्रिवि सचिव योगेन्द्र रावललाई झुटा मुद्दा लगाएको भन्दै नेविसंघले त्रिवि पदाधिकारीलाई प्रवेशमा रोक लगाउँदै आन्दोलनमा उत्रेको हो ।

विश्वविद्यालय पदाधिकारी नियुक्त भएको एक वर्ष हुन लाग्दासमेत विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको प्रयास नगरेकोसमेत नेविसंघको आरोप छ ।

त्रिवि पदाधिकारीको राजीनामासमेत माग्दै आएको नेविसंघले यसअगाडि राखेका माग पनि त्रिविले सुनुवाइ नगरेको र वार्तामा समेत नबोलाएकोे आरोप लगाएको छ

प्रतिक्रिया दिनुहोस्