काठमाडौं, फागुन १९ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापीरूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाभाइरसको संक्रमणबाट जोगिन नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको उल्लेख गरे । ‘प्राणघातक भाइरस कोरोनाले विश्वव्यापीरुपमै…