काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री ओलीको प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्यलाभको कामनासहित विशेष प्रस्ताव पारित गरेको हो । बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा विशेष प्रस्ताव पेस गरेका थिए…