काठमाडौं, फागुन २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आर्थिक रुपले महिलालाई सवल बनाउनुपर्ने अहिलेको आवश्कता रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले नारीलाई आर्थिक रुपमा सवल बनाउन सरकारले उनीहरुलाई उत्साह प्रदान गर्नुपर्नेमा जोड दिइन् । उनले राज्यको महत्वपूर्ण पद सम्भाल्दै महिलाले कुशलतापूर्वक आफ्नो जिम्मेवारी…