काभ्रेपलाञ्चोक । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । बाँस्कोटाले १३ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि हाल ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । उनले १९५ पिपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), २५० मिलीटिलरको २२९ स्यानिटाइजर तथा चार हजार…