काठमाडौं, जेठ १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे शनिबार पनि निर्णयमा पुग्न सकेन । एमसिसी के गर्ने भन्ने निष्कर्ष दिन नसकेको बैठकले, संसदबाट अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका सबै काम रोक्ने निर्णय भने गरेको छ । शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम…