काठमाडौं, जेठ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकममा पारदर्शिताको माग गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद रमेश रायमाझीले १० अर्ब रकम खर्च हुँदा समेत स्वास्थ्यकर्मीलाई माक्स, पीपीई लगायतका सामाग्रीहरुको अभाव भएको बताए । उनले आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर…