काठमाडौं, जेठ २७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । संसदको छलफल लम्बिएकाले बैठक सरेकाले अब दुई…