काठमाडौं, असार २० । प्रधानमन्त्री केपी ओलीले पार्टी एकता जटिल मोडमा पुगेको भन्दै जेसुकै निर्णय हुनसक्ने जानकारी गराउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्षमा पुगेका बेला आफ्नो मन्त्रिपरिषद्का सदस्यहरुलाई शनिबार साँझ बालुवाटारमा बोलाएर उहाँले परिस्थितिको जानकारी गराउनुभएको हो । पार्टीलाई विभाजनबाट जोगाउन सक्ने अवस्था सकिँदै गएको उहाँको भनाइ थियो । ‘मलाई…