काठमाडौं, असार २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न दोस्रो तहका नेताहरुले नेतृत्वसँग माग गरेका छन् । बिहीबार सिंहदरबारमा छलफल गर्दै उनीहरुले सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोप र सडक प्रदर्शन रोक्नुपर्ने निष्कर्ष निकालेका हुन् । यस्ता हर्कतले वातावरणलाई थप बिगारेको भन्दै महासचिवले वक्तव्य जारी गरेर रोक्न अध्यक्षद्वयलाई आग्रह…