प्रदेश इन्चार्जबाट गुरुङ र पोखरेल हटाउने दाहाल–नेपाल समूहकाे निर्णय « Image Khabar


प्रदेश इन्चार्जबाट गुरुङ र पोखरेल हटाउने दाहाल–नेपाल समूहकाे निर्णय


Imagekhabar
२० पुष २०७७, सोमबार १८:२५

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश इन्चार्जबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएको छ ।

कोटेश्वरस्थित पेरिसडाडाँमा सोमबार बसेको सो समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।

माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गण्डकीमा देवेन्द्र पौडेललाई र लुम्बिनीमा युवराज ज्ञवालीलाई इन्चार्ज समेत तोकेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दाहाल–नेपाल समूहकै नेता इन्चार्ज छन् ।

यसअघि ओली समूहले पनि दाहाल–नेपाल समूहमा रहेका प्रदेश इन्चार्जहरुलाई हटाइसकेको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्