काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनु परेको छ । ओलीले राम जन्मभूमि अयोध्या नेपालको वीरगञ्जनजिकै ठोरीमा पर्ने र राम पनि नेपालमै जन्मिएको भन्दै दिएको अभिव्यक्ति नेपाल र भारत दुबैतिर विवादमा परेपछि परराष्ट्रले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिनुपरेको हो । मंगलबार एक विज्ञप्ति जारी…