काठमाडौं, असोज ३ । नेपालको सात दशकको संवैधानिक अभ्यासमा हाल प्रचनलमा रहेको संविधान पहिलोपटक सार्वभौमसत्तासम्पन्न संविधानसभाबाट जारी गरिएको नेपालको सातौं संविधान हो । सामान्यतया १०/१० वर्षको अन्तरालमा संविधान परिवर्तनको अभ्यास हुने गरेकोमा वर्तमान संविधान जारी भएको पाँच वर्ष बित्दासमेत सबै जनताले अपनत्व नलिनु र संविधानले परिकल्पना गरेका लोकतान्त्रिक अभ्यास संस्थागत नहुँदा संविधानको स्थायित्वमै प्रश्न उठेको…