काठमाडौं, असोज ९ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको विकास, विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, स्तरीय र प्रभावकारीसँगसँगै गुणस्तरीय सेवा सञ्चालन गर्ने विषयलाईसमेत राख्नुपर्ने बताएका छन् । अहिले प्रस्तावित विधेयकमा गुणस्तरीय शब्द राखिएको…