Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


चीनले नेपाली भूमि नमिचेको सरकारको प्रष्टीकरण, सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् क्षेत्र घोषणा

काठमाडौं, असोज ७ । नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभयो ।…