काठमाडौं, कात्तिक ३ । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुविरुद्ध संसदीय सुनुवाइ समितिमा चारओटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारओटा उजुरी परेको बताउनुभयो । समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो…