काठमाडौं, कात्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ । संवादहीनताको ११ दिनपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच भएको भेटवार्तामा दाहालले तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको हो…