काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको हो । कोरोनाभाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।