काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको मंगलबारको सर्वदलीय बैठकमा गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्नुभयो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारकै कारणले संघीयता र गणतन्त्रविरोधीहरु सल्बलाएको आरोप लगायो । राप्रपाले भने सडकका आन्दोलनमा आफ्नो समर्थन रहेको भन्दै संविधान संशोधनमार्फत् हिन्दुराज्यसहितको राजसंस्था स्थापना गर्नुपर्ने अडान राखेको छ…