प्रधानमन्त्रीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गरे : गगन थापा « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


प्रधानमन्त्रीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गरे : गगन थापा


0
Shares

बाग्लुङ, फागुन २७ । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।

बाग्लुङमा बिहीबार आयोजित कार्यक्रममा उहाँले ओलीको नियत ठिक नभएको भन्दै सबै संयन्त्र कब्जा गरी लोकतन्त्र ध्वस्त पार्न खोजेको जिकीर गर्नुभयो ।

सम्मृद्धिको नक्कली नारा दिएर मुलुकलाई अधोगति तर्फ धकेलेको भन्दै थापाले मुलुक झन् बर्वादीतिर गएको छ भन्नुभयो ।