काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो समयसम्म लैजान नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा विधेयकहरू दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेकाले सरकारी बिजनेसविना अधिवेशन लामो समय लैजान नसकिने बताउनुभएको हो । यस्तै, अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई…