नेपालगञ्ज, पुस १४ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कायरको संज्ञा दिनुभएको छ । प्रधानमन्त्रीले राजीनामा नदिएकामा पनि उहाँले आपत्ति जनाउनुभयो । नेपालगञ्जमा पत्रकार सम्मेलनमा नेता थापाले प्रधानमन्त्री ओली संसदको सामना गर्न नसकेर कायरझैं भागेको आरोप लगाउनुभएको हो । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि जालझेल र अपव्याख्या गरेको आरोप पनि थापाले लगाउनुभयो…