Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


प्रधानमन्त्रीको कदमको राष्ट्रिय सभामा पनि आलोचना

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको राष्ट्रियसभामा पनि आलोचना भएको छ । शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा मन्तव्य राखेका सत्तारुढ र विपक्षी दलका नेताहरुले प्रतिनिधिसभा विघटनको आलोचना गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीकै कारण संघीय संसदको एउटा अंग मृत्यु शय्यामा पुगेको टिप्पणी…