राजनीति गलत दिशामा गयो, प्रतिवादमा उत्रनुस्– मन्त्री पोख्रेल « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


राजनीति गलत दिशामा गयो, प्रतिवादमा उत्रनुस्– मन्त्री पोख्रेल


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गइरहेकाले प्रतिवादमा उत्रन आग्रह गर्नुभएको छ ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताउनुभएको हो ।

मन्त्री पोख्रेलले जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दूर्भाग्य हुने बताउनुभयो ।

उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताउनुभयो ।