काठमाडौं । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको छ । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डको युद्धको बेलाको अभिव्यक्तिलाई प्रयोग गर्दा आफैँ पछारिएको बताउनुभयो ।…