काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा आज फेरी न्याय पाएको महशुस गरिएको उहाँको भनाइ छ । अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि…