काठमाडौं । नेपाली कांग्रेसले वडा तहसम्मका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीको स्थानीय तह समन्वय विभागले जनप्रतिनिधि र पार्टीबीचको समन्वय तथा सन्तुलन नहुँदा अविश्वासको खाडल सिर्जना भएकाले प्रशिक्षण दिने तयारी थालेको छ । विभाग प्रमुख अर्जुन जोशीले पार्टी र जनप्रतिनिधिबीच देखिएको खाडल चिर्न विभागले प्रशिक्षण कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । कांग्रेसले स्थानीय सरकारको…