काठमाडौं, असार २४ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले संसद पुनःस्थापनालाई अनिवार्य शर्त बनाउन वार्तामा बसेका नेताहरुसँग आग्रह गर्नुभएको छ । पार्टीभित्र अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीचको विवाद समाधनका लागि कार्यदलले केही दिनयता संवाद चलाइरहेका बेला नेतृ झाक्रीले सहमतिको अनिवार्य शर्तका रुपमा संसद पुनःस्थापनालाई बनाउन र कुनै जालझेलमा नपर्न सुझाव दिनुभएको हो…