काठमाडौं । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी महेन्द्रबहादुर शाही नेतृत्वकाे माओवादी सरकार जोगाइदिने चार सांसदलाई नेकपा एमालेले पार्टी र संसद सदस्य नरहने गरी कारबाही गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसद्हरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र…