काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले दिएको समय अवधिभित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने दावी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको वैठकले माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट पक्षसंग मिलेर नयाँ सरकार बनाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने…