गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारीको घोषणा « Image Khabar


गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारीको घोषणा


Border circle
Imagekhabar

gagan thapa

काठमाडौं, भदौं १४ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आउँदो १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

१३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बन्नुभएका थापाले ५८४ मत पाउनुभएको थियो । नेता अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूह तथा डा. शशांक कोइराला रामचन्द्र पौडेल समूहबाट उम्मेदवार रहनुभएकोमा कोइराला निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउादो मंसिर ९–१३ मा गर्ने घोषणा गरिएको छ । यही १८ भदौंदेखि वडा तहबाट कांग्रेसको अधिवेशन शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्