काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । उनका अनुसार सरकारले कोरोना कहरको मारमा परेका जनतालाई…