काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच नेताले मन्त्रीको सपथ लिने पक्का भएको छ । देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिन लागेका हुन् । कांग्रेसको तर्फबाट खाँडले गृहमन्त्रीको जिम्मेवारी पाउँदा कार्कीले कानुन मन्त्रीको रूपमा शपथग्रहण गर्ने तय भएको छ । त्यसैगरी, माओवादी…