Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


राष्ट्रपतिको अफर त्यागेका ठाकुरको भविष्य : नयाँ दल कि विश्राम ?

खिलनाथ ताजपुरियाकाठमाडौं । महन्थ ठाकुर कुनै समय तराई राजनीतिको भीष्म पितामह मानिन्थे । कांग्रेसका पुराना नेता दुर्गानन्द झा, महेन्द्रनारायण निधि, शेख इद्रिसले खनेको बाटोमा ठाकुरले आफ्नो गर्विलो इतिहास बनाउनुभएको थियो । कांग्रेससँग असहमति राखेर मधेश केन्द्रित दलको मसिहा यी गान्धीवादी नेता जीवनको उत्तरार्द्धमा पार्टीविहीन बन्नुभएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एउटा पुस्तक लेख्नुभएको छ ।…