काठमाडौं । नेकपा (एमाले)को विघटित एकता कार्यदलका सदस्यहरूले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले एकतामा ढिलाई भए पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले नेता गोकर्ण विष्टले १० बुँदे सहमति…