रुपन्देही ३ मा देउवा पक्षका गुरुङको प्यानलै विजयी « Image Khabar


रुपन्देही ३ मा देउवा पक्षका गुरुङको प्यानलै विजयी



बुटवल । नेपाली कांग्रेस १४औं अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ को अधिवेशनमा शेरबहादुर देउवा समूहका सुशील गुरुङको प्यानल विजयी भएको छ ।

सभापतिमा उम्मेदवारी दिनुभएका गुरुङले ३ सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत ल्याउनुभएको थियो । अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले भने जम्मा ४ मत प्राप्त गर्नुभयो ।

सचिव पदमा ४ जना उम्मेदवारी दिएकोमा गुरुङ प्यानलकै भवानीप्रसाद शर्मा विजयी हुनुभएको छ । उहाँले ३ सय ७६ मत ल्याएउनुभएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।

सह–सचिवमा कुल प्रसाद न्यौपानेले ३ सय ७२ मत र प्रेम सागर थारुले ३ सय ८२ मत ल्याएर विजयी भए । क्षेत्रीय सदस्य एवं केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ प्यानलकै वर्चश्व रह्यो ।