काठमाडौं, भदौ २२ । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे अनावश्यक भ्रम फैलाइएको ठान्नु भएको छ । नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उहाँले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्नुभयो । देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न निर्देशन पनि दिनुभयो । देउवाले अघिल्ला सरकारहरुले…