काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकन सहयोग परियोजना (एमसीसी) बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको टिप्पणी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर बिहीबार नेपाल फर्कने क्रममा उहाँले सो कुरा बतानुभएको हो । स्वदेश फर्कने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले परियोजनाको बारेमा आफूले नबोलेको कुरा प्रचार गरिएको बताउनुभयो…