पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले खेलाडीमैत्री कानुन बनाउने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने पनि बताउनुभएको छ…