कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि ५० प्रतिशत मत खस्यो « Image Khabar


कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि ५० प्रतिशत मत खस्यो


117
Shares

जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ नयाँ नेतृत्वका लागि जारी मतदानमा अहिलेसम्म ५० प्रतिशत मात्रै मत खसेको छ ।

विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ ।

मतदानको समय अपरान्ह ३ बजेसम्मका लागि तोकिए पनि ५० प्रतिशत मतदाता बाँकी भएकाले समय लम्ब्याइएको संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो ।

प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० जना मतदाता रहेका छन् ।