काठमाडौं । अनलाईन राइड सेयरिङ एप पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्न्यातले काठमाडौं–१बाट आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयम पुगेर उनले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने प्रयास, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारी नजिकबाट अनुभूति गरेको…